७. कर्मचारी सम्बन्धी व्यवस्थाः
१) अस्पतालमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई समितिले स्वीकृत गरे बमोजिमका दरवन्दी रहनेछन् ।
२) समितिले नेपाल सरकारबाट समितिलाई आवश्यक प्रशासनिक तथा प्राविधिक कर्मचारीहरू काजमा माग गर्न सक्नेछ ।
३) नेपाल सरकारले समितिको अनुरोधमा आवश्यक पर्ने प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू उपलव्ध गराउन सक्नेछ ।
४) डअस्पतालको दरबन्दीमा आफ्नै श्रोतबाट तलब भत्ता दिने गरी समितिले आवश्यक प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू नियुक्त गर्न तथा परामर्श सेवा लिनसक्नेछ ।
दोस्रो संशोधनद्वारा संशोधित ।
ट चौथो संशोधनद्वारा संशोधित ।
ठ दोस्रो संशोधनद्वारा संशोधित ।
ड दोस्रो संशोधनद्वारा संशोधित ।
ढ दोस्रो संशोधनद्वारा झिकिएको ।
(७) अस्पतालमा रहने नेपाल सरकारका कर्मचारीहरूलाई निजहरूले अस्पतालमा सेवाप्रदान गरेवापत समितिले छुट्टै भत्ता वा सुविधा दिन सक्नेछ ।
(८) अस्पतालमा रहने नेपाल सरकारका कर्मचारीहरूलाई अध्ययन विदा र असाधारण विदा वाहेक अरु नियमानुसार पाउने विदा समितिले प्रचलित कानूनको अधीनमा रही स्वीकृत गर्न सक्नेछ ।
(९) ज्ञज्ञअस्पतालका कर्मचारीको नियुक्ति प्रकृया, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हु